सीमा क्षेत्रका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

जनकपुरधाम : नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारी मिलेर अगाडि बढ्न सहमत भएका छन्।मधेश प्रदेश राजधानी जनकपुरधाममा आज बसेको नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठकले आपसी समन्वय र समझदारीमा सीमा क्षेत्रमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्ने निष्कर्षसहित विभिन्न निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए।बैठकमा सीमा क्षेत्र दशगजामा भइरहेको अतिक्रमण हटाउने र घरबारविहीनको वैकल्पिक व्यवस्थाका लागि दुई