पोखरा मेयरका गठबन्धन उम्मेदवार आचार्यले गरे मतदान

पोखरा । पोखरामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन् । मतदानको सुरुमै उनले वडा नम्बर ३३ को शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् । उनी एकीकृत समाजवादीबाट गठबन्धनको साझा उम्मेदवार बनेका हुन् ।