भारतमा बेरोजगारीदर साढे १४ प्रतिशत

एजेन्सी। भारतमा बेरोजगारीदर बढेर यो वर्षको शीर्ष स्थानमा पुगेको छ। मे महिनाको दोस्रो साता त्यहाँ बेरोजगारीदर १४.५ प्रतिशत पुगेको हो। अप्रिलमा त्यस्तो दर ८ प्रतिशत थियो। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा करोडौं मानिसको रोजगारी गुमेको छ। यो वर्षको मे महिनाको बेरोजगारीदर गत २०२० अप्रिल–मेको भन्दा कम हो। उक्त अवधिमा भारतमा बेरोजगारीदर २३ प्रतिशत नाघेको थियो।