राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिरअंकित हुलाक टिकटमा सरकारले टाँचा प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३० प्रतिमा टाँचा लगाएसँगै घिमिरेको तस्बिरअंकित टिकट प्रचलनमा आएको हो । १०१ वर्षको उमेरमा घिमिरेको निधन २०७७ भदौ २ गते भएको थियो ।२०७७ माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि घिमिरेको तस्बिरअंकित हुलाक टिकट प्रकाशन स्वीकृति दिने निर्णय गरेको थियो । घिमिरेको तस्वीरअंकित हुलाक टिकट डिजाइन हुलाक सेवा विभागकी क