सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव काठमाडौं ल्याइयो (तस्बिरहरु)

सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव नेपाल ल्याइएको छ । अमेरिकी नागरिक पुवेइ लिउको शव आइतबार काठमाडौं ल्याइएको हो । लिउको यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो । सगरमाथाको साउथ कोलको क्याम्पबाट चुचुरोतर्फ जाने क्रममा उनको स्नो ब्लाइन्डनेस र थकानका कारण उनको मृत्यु भएको शेर्पाहरुले जनाएका छन् । आइतवार काठमाडौं ल्याइएको उनको शरीर पोष्टमार्टम पश्चात परिवारलाई हस्तान्तरण गर्ने सेभेन समिट ट्रेकले जनाएको छ । 

सम्बन्धित सामग्री

सगरमाथा आधार शिविरमा फेला परेका दुई वटा शव काठमाडौं ल्याइयो

काठमाडौं : सगरमाथाको चौथो शिविरबाट दुईवटा शव निकालेर सोमबार काठमाडौं ल्याइएको छ।  नेपाली सेनाको नेतृत्वमा भएको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत ती शवहरु निकालिएका हुन्। नेपाली सेनाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ती शवमध्ये एकजनाको पहिचान खुलेको जनाएको छ। सन् २०१९ मा सगरमाथा आरोहण गरी फर्किने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षीय क्रिस्टोफर कुलिसको पहिचान खुलेको हो। अर्को शवको भने पहिचान नखुलेको सेनाले जनाएको छ। दुवै शव पुरुषको रहेको जनाइएको छ। ती शवहरुको गत वैशाख...