लघुवित्त संघ र संघर्ष समितिबीच १२ बुँदे सहमति, आन्दोलन स्थगित

लघुवित्त वित्तीय संस्थाका गतिविधि विरुद्ध चलिरहेको आन्दोलन स्थगित भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्त संस्था विरुद्धको संघर्ष समितिबीच मंगलबार राति सहमतिपत्रमा हस्ताक्षर भएपछि उक्त आन्दोलन स्थगित भएको हो । संघर्ष समितिले पछिला केही महिनादेखि लघुवित्त वित्तीय संस्थाको लाइसेन्स खारेजदेखि ऋणीको ऋण मिनाहसम्मका माग राखेर आन्दोलन गरिरहेको थियो ।