सलहेश फूलबारी प्रत्येक वैशाख १ गते नयाँ वर्षको वार्षिकी मेलामा मात्रै सीमित हुनपुगेको छ। मधेश प्रदेशको धार्मिक पर्यटीय स्थलका रूपमा विकास हुनुपर्ने चर्चा भए पनि त्यस रूपमा गति लिन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। लहान नगरपालिका १२ र २२ नम्बर वडास्थित नौ बिघा क्षेत्रमा फैलिएको सलहेश फूलबारी मेला भर्न लाखाैँको सङ्ख्यामा नेपाल र भारतका भक्तजन आउने गर्छन्। फूलबारी मेला हेर्न एक दिन आएर अर्को दिन सुनसान हुने गर्छ। फूलबारीमा पर्यटक नरोकिने हुँदा यसले पर्यटन क्षेत्रमा खासै उपलब्धि हुन नसकेको लहान–१२ का स्थानीय बासिन्दा बताउँछन। स्थानीय दशमीलाल चौधरी भन्नुहुन्छ, “सलहेश फूलबारीको धार्मिक ऐतिहासिक पक्षलाई समेटेर पर्यटकीय हिसाबले विकास गर्ने हो भने राम्रो आम्दानी हु