हेटौंडा अस्पतालमा  १ सय ३ कोरोना संक्रमितको मृत्यु

मकवानपुरको हेटौंडा अस्पतालमा हालसम्म कोरोनाका कारण १ सय ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा मात्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा १ सय ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले बताए । मृत्यु हुनेमा ३७ जना महिला र ६६ जना पुरुष रहेको उनले बताए ।  उनका अनुसार आजै मात्र थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ की ६० वर्षीय महिला रहेकी छिन् । 

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।