कम्युनिष्ट राष्ट्रवादको विरासतमा मंगोलिया

‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भन्ने उखान हामीले बच्चैदेखि सुन्दै आएका हौं । मुना मदनको कथामा पनि मदन ल्हासामा सुन कमाउनै गएको बुझिन्छ । तर, मंगोलिया गएपछि थाहा भयो ल्हासामा कारोबार हुने सबै सुन मंगोलियाबाट जाँदोरहेछ ।