सर्लाही – सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पताल मलङ्गवाका डाक्टर श्रीप्रताप साहले जानकारी दिनुभयो।
‘अहिले कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी दैनिक ६०/७० जना आउने गरेका छन्, उनीहरू सबैमा कोभिड भएको भने ...