घर फर्किन ७ वर्ष पहिले रेल चढेका रविन्द्र अझै आइपुगेनन् !

महोत्तरी – घर फर्किने भनेर ७ वर्ष पहिले भारतको हरियाणाबाट रेल चढ्नुभएका सोनमा गाँउपालिका-५ का २६ वर्षीय रविन्द्रकुमार यादव अझै घर आइपुग्नुभएकाे छैन । गाँउमा राेजगारी नभेटेपछि रविन्द्र गाँउकै साथीहरुसँग कृषि मजदुरी गर्नका लागि भारतकाे हरियाणा पुग्नुभएकाे थियाे । हरियाणामा केही महिना काम गरेर घर फर्किने क्रममा बाटाेबाटै बेपत्ता भएकाे उहाँका काका माेहन यादव बताउनुहुन्छ । ‘धान काट्ने काम सकेर रविन्द्र एक्लैले घर फर्किने कुरा गर्याे । हामी सबै जनाले उसलाई रेलमा चढाएर फर्कि...