नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा खिमनारायण पराजुली निर्वाचित भएका छन् । संगठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट बुटवल निवासी पराजुलीको अध्यक्षतामा ५१ सदस्यीय समिति सर्वसम्मत अध्यक्ष निर्वाचित भएको हो ।संगठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीसमगर (रुपन्देही),उपाध्यक्षहरुमा गुप्तबहादुर राना (प्युठान),टंक बसयाल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके), कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे (रुपन्देही) निर्वाचित भएको जनाएको