रुपन्देही – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेलले आज बुधवार दिउँसाे राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर बहुमत सहित सरकारको दाबी गर्न आह्वान गर्नुभएको हो ।
अब भोलि बिहीवार दिउँसो ३ बजेसम्म दलहरूले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्नेछन् । लुम्बिनीमा कांग्रेस, माओवादी, जनमोर्चा र जसपाको बहुमत रहेको छ ।
शङ्कर पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रक...