ब्राजिल चुनाव: लुला दा सिल्भाको जितपछि बोल्सोनारो समर्थकहरूले गरे आगजनी र चक्काजाम

ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला दा सिल्भाले निकट प्रतिस्पर्धामा जायर बोल्सोनारोलाई पराजित गर्दै विजयी भएका छन्। यस चुनावमा लुला दा सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरे। लुला ब्राजिलका पूर्वराष्ट्रपतिसमेत हुन्। उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलकाे राष्ट्रपति भएका थिए। यता बाेल्साेनाराे भने २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। लुलाकाे जितपछि ब्राजिलको […]