काठमाडौं : गर्मी र वर्षातको समयमा डेंगुका बिरामीहरु धेरै देखिन्छन्। काठमाडौंमा फोहोरमैला व्यवस्थापन हुन नसक्दा पनि डेंगु भाइरस थप फैलिएको छ। पहिले–पहिले तराई क्षेत्रमा डेंगुका बिरामी धेरै भेटिन्थे। तर अहिले काठमाडौंमा पनि धेरैमा डेंगु देखिने गरेको छ।एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने गर्छ। यस प्रजातिका लामखुट्टेले पार्ने अण्डा, प्युपा र लार्भाबाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्छ।डेंगु र भाइरल इन्फेक्सनका धेरैजसो लक्षण मिल्दाजुल्दा हुन्छ। ज्वरो आ