बढ्दो व्यापारघाटा कम गर्न तथा आन्तरिक रोजगारी सिर्जनामा महत्वपूर्ण मानिएको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) विद्युत् व्यवस्थापनको झन्झटमा फसेकोे छ ।
नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा बिजुली उपलब्ध गराउन नसक्दा र विशेष आर्थिक क्षेत्र (सेज) विकास समितिले औद्योगिक क्षेत्रभित्र सवस्टेशन बनाउन नसक्दा तीन वर्षअघि नै सञ्चालनमा आउनुपर्ने सेज फसेको हो । स्थानीयवासीको अवरोधको कारणले भैरहवाको तिलोत्तमाको जोगीकुटी सवस्टेसनदेखि धकदही हुँदै सेजसम्मको