एनएमबि बैंकद्वारा सुर्खेतमा विद्यालय भवन पुनर्निर्माण

एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुल्ला चौरमै पढ्न बाध्य थिए । बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय […]

सम्बन्धित सामग्री

जाजरकोट भूकम्पमा भत्किएका सात सय विद्यालय भवन पुनर्निर्माण गर्न बजेट सुनिश्चित

अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनर्निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ ।

समुदायको अगुवाईमा साढे तीन कराेडकाे विद्यालय भवन

म्याग्दी– बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयमा समुदायको अगुवाईमा विद्यालय भवन निर्माण गरिएको छ । विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीबासीको सक्रियतामा २२ कोठे विद्यालय भवन पुनर्निर्माण गरेका हुन् । वि.स. २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई […]

प्रवासीको नेतृत्वमा विद्यालय भवन पुनर्निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुनर्निर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाइमा पुनर्निर्माण गरिएको हो । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.सं २०७५ सालदेखि सुरु भएको विद्यालय भवन पुनर्निर्माण अभियानअन्तर्गत विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यालयमा […]

एक सय ६१ विद्यालय भवन पुनर्निर्माण

लमजुङ । गोरखा भूकम्प गएको करीब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर दीपकराज कँडेलले बताए । उनले भने, ‘अब जिल्लामा दुई विद्यालयका एक/एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’ बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उनको भनाइ छ । ती बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनर्निर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार/चार कोठे एक/एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ । रासस

भूकम्पले भत्काएका १४६ विद्यालय भवन पुनर्निर्माण

खोटाङमा २०७२ सालको भूकम्पले भत्काएका १ सय ६२ विद्यालयका भवनमध्ये १ सय ४६ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेटमा १ सय ३० र गैरसरकारी संस्थाको बजेटमा १६ गरी १ सय ४६ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको हो ।दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा १६ वटा […]

काभ्रेका ६ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

१३ असोज, काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका काभ्रेका ६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेका ६ वटा विद्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । पुनर्निर्मित विद्यालय भवनहरुको बुधबार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य […]

म्याग्दीका ८८ ओटा विद्यालय भवन पुनर्निर्माण

असोज ७, म्याग्दी । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका इञ्जिनीयर विष्णु रिजालले २०७८ असार मसान्तसम्म ८८ ओटा विद्यालयमा २८२ ओटा कक्षा कोठा भवन पुनर्निर्माण भएको जानकारी दिए ।  ‘१०५ ओटा विद्यालयका ३४४ कक्षा कोठा, ५० शौचालय र २७ ओटा खानेपानी आयोजना पुनर्निर्माण गर्ने लक्ष्य रहेको थियो’, उनले भने, ‘८८ विद्यालयका २८२ कक्षा कोठा, ४५ शौचालय र २५ ओटा खानेपानी पुनर्निर्माण सकिएको छ ।’ ३० ओटा दुई कोठे, १० ओटा तीन कोठे, ४८ ओटा चार कोठे भवन पुनर्निर्माण भएको छ ।  ३५ ओटा भवन गत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सकिएका हुन् । गत वर्ष ३७ ओटा चार कोठे, तीन ओटा तीन कोठे, १० ओटा दुई कोठे भवन पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भएको थियो ।  गत आवमा २४ ओटा चार कोठे, एउटा तीन कोठे र १० ओटा दुई कोठे भवन निर्माण सकिएका छन् । ३५ शौचालय र २५ ओटा खानेपानीका योजना निर्माण भएको छ । गत वर्ष सम्झौता भएका १७ ओटा भवन, पाँच ओटा शौचालय र दुई ओटा खानेपानी आयोजनाले पूर्णता पाउन बाँकी छ । १३ ओटा चार कोठे, दुई ओटा तीन कोठे र दुई ओटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन् ।  एउटा चार कोठे भवनको दोस्रो तला ढलान बाँकी छ भने अरु सबै रङरोगन गर्ने अवस्थामा रहेका एकाइका इञ्जिनीयर रिजालले बताए । आव २०७७/७८ मा ३० शौचालय र २७ ओटा खानेपानीका योजना निर्माणका लागि सम्झौता भएको थियो । पाँच शौचालय र दुई खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।  आव २०७३/७४ देखि जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मार्फत विद्यालय भवन पुनर्निर्माण कार्यको थालनी भएको थियो । विसं २०७६ साउन १ मा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्थापना भएपछि म्याग्दीमा विद्यालय भवन, शौचालय र खानेपानी पुनर्निर्माणले थप तीव्रता पाएको हो ।  कोरोनाको जोखिम, वैशाख तेस्रो सातादेखि गरिएको निषेधाज्ञा र जेठको अन्तिम सातादेखि शुरु भएको बर्षातले ग्रामीण सडक अवरुद्ध भएर निर्माण सामग्री ढुवानी गर्न नसक्दा विद्यालय भवन पुनर्निर्माणको योजना प्रभावित बनेका हुन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ ।  सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका हिमाञ्जल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो । जीर्ण भवनमा जोखिम मोलेर त्रासपूर्ण वातावरणमा पठनपाठन गर्नु÷गराउनुपर्ने विद्यार्थी र शिक्षकको बाध्यता हटेको उनको भनाइ छ ।  भूकम्प प्रतिरोधी क्षमताका विद्यालय भवन अपाङ्गमैत्री छन् । खानेपानी आयोजनाका संरचनालाई बालमैत्री बनाइएको छ । शौचालयका योजना छात्रामैत्री छन् । विद्यालय भवन पुनर्निर्माणका लागि म्याग्दीमा हालसम्म करीब रू. ६० करोड खर्च भएको छ । आव २०७७÷७८ मा पूँजीगत शीर्षकमारू. २६ करोड १९ लख ५१ हजार बजेट विनियोजन भएकोमा रू. २४ करोड ९९ लाख खर्च भएको एकाइले जानकारी दिएको छ ।  भौगोलिक विकटता, वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउने र स्थानीयस्तरमा पर्याप्त मात्रामा दक्ष मजदूरको अभाव विद्यालय भवन पुनर्निर्माणका क्रममा म्याग्दीमा देखिएका चुनौती हुन् । रासस

म्याग्दीमा १०५ वटा विद्यालय भवन पुनर्निर्माण

म्याग्दी : २०७२ सालको भूकम्पले क्षति पुगेका १०५ वटा विद्यालय भवनको पुनर्निर्माण गरिएको छ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीमार्फत भवन, शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको हो। भूकम्प प्रतिरोधी भवनलगायतका पूर्वाधार निर्माण अभियानअन्तर्गगत हालसम्म १०५ वटा विद्यालयको भवन पुनर्निर्माण गरिएको छ।आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुनर्निर्माण सुरु भएको हो।आर्थिक वर्षा २०७७/७८ सम्ममा दुइकोठे ३२ वटा, तीन कोठे १२ वटा र चार कोठे ६१ वटा गरी १०५

मकवानपुरमा ९२ प्रतिशत विद्यालय भवन पुनर्निर्माण

१२ बैशाख २०७२ को भूकम्पका कारण क्षतविक्षत भएका मकवानपुरका ९२ प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको छ । ६ वर्ष अवधिमा जिल्लामा क्षति भएका चार सय नौ मध्ये तीन सय ७५ अर्थात...

लमजुङका ९०% विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख २०, लमजुङ । गोरखा भूकम्प गएको ६ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ ओटा विद्यालयमध्ये १०६ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।  एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ ओटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ ओटा, आव २०७५/७६ ६८ ओटा, आव २०७४/७५ मा आठ ओटा र आव २०७३/२०७४ मा ८ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो ।  जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९ शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ ओटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् ।  ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महीनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाई प्रमुख पराजुलीले बताए । रासस