काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ। पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका फेरबदलको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले दिउँसो पदाधिकारी बैठक बोलाएको सचिवालयले जनाएको छ। बैठकमा महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा छलफल हुँदैछ। देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने माग गरेका छन्। सचिवालयकाअनुसार देउवाले भोलि बस्ने केन्द