आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश सदनमा

    काठमाडौं। प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पेश भएको छ । सोमवार बसेको संघीय संसद्को प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त अध्यादेश पेश गरेका हुन् ।  माघको पहिलो हप्ता सरकारको सिफारिशमा राष्ट्रपतिबाट बजेट तालिका फेर्ने गरी ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६’ संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो । संसद् नभएका बेला सरकारले अध्यादेश ल्याउन पाउँछ । त्यसलाई ६० दिनभित्र सदनमा टेबल गराई स्वीकृत गराउनुपर्छ । सोहीअनुसार अर्थमन्त्रीले टेबल गरेका हुन् । अब यो अध्यादेशले वैधानिकता पाउने प्रक्रिया अघि बढेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन २०७६ मा विनियोजन विधेयक प्रस्तुत हुनुभन्दा १५ दिनअघि अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकता विवरण संघीय संसद्मा प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्रीले सदनमा टेबल गरेको अध्यादेशले हालको उक्त व्यवस्थालाई अब ‘फागुन मसान्त’ भनी संशोधन गर्नेछ । सोहीअनुसार बजेटका अन्य तालिकासमेत परिमार्जन हुनेछन् ।  अध्यादेशमा स्रोत समिति बैठक माघ मसान्तभित्र बसी बजेटको सिलिङ तय गर्नुपर्ने समय तोकिएको छ । फागुन पहिलो साता योजना आयोगले मन्त्रालयहरूलाई मन्त्रालयगत बजेटको सिलिङ पठाइसक्नुपर्ने प्रावधानसमेत संशोधनमा समेटिएको छ । सोही ऐनको दफा १४ (२) लाई संशोधन गर्दै आर्थिक सर्वेक्षण संघीय संसद्मा पेश गर्ने मिति राजस्व र व्यय अनुमान पेश गर्नुभन्दा ‘७ दिन’ अगाडि भनी तोकिएको छ । अब आर्थिक सर्वेक्षण जेठ ८ मै संसद्मा पेश गर्नुपर्नेछ । चालू आवको बजेटमै फागुनमा बजेटका सिद्धान्त र प्राथमिकता ल्याइसक्ने व्यवस्था गर्ने घोषणा गरिएको थियो । त्यहीअनुसार ऐन संशोधनको प्रक्रिया सरकारले अघि बढाएको थियो । अहिले जेठ लागेसँगै संसद्ले दिएको समयमा राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ ।  बजेटअगाडि आर्थिक सर्वेक्षणसहितका प्रकाशनहरू संसद्मा प्रस्तुत गरेर १५ जेठमा बजेट प्रस्तुत गर्ने गरी संविधानमै मिति तोकिएको छ । त्यसो त चालू आव २०८०/८१ को बजेट वक्तव्यमै आगामी वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसद्मा पेश गर्ने व्यवस्था मिलाइने घोषणा भएको थियो । यसपछि सरकारी अधिकारीहरूले त्यससम्बन्धी गृहकार्य अघि बढाएका थिए । पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारको १ वर्ष पुगेको अवसरमा सबैको सहभागिता र अपनत्व स्थापित भई कार्यान्वयन पनि सहज हुने बजेट ल्याउने गृहकार्यमा लागेको बताउनुभएको थियो । ऐन संशोधनपछि आगामी बजेट कार्यान्वयन पद्धतिसमेत सुध्रिने प्रधानमन्त्रीले बताउँदै आउनुभएको छ ।  क्यालेन्डर स्वीकृत संघीय संसद्को कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको क्यालेन्डर स्वीकृत भएको छ । सोमवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमवारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र ती दिनमा संसद्मा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो । क्यालेन्डरअनुसार माघमा २२ र २४ गते बैठक बस्नेछ । फागुनमा ६, १०, ११, १३ र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ । सभामुख देवराज घिमिरेले संसद्को यसै अधिवेशनबाट कार्यतालिका लागू गरिएको बताए । ‘चालू अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्न र संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु,’ उनले सोमवारको बैठकमा भने ।  नेपालमा संसद् क्यालेन्डर नौलो हो, संसद्को कामकारबाही प्रभावकारी नभएको भन्दै सर्वत्र आलोचना भएपछि क्यालेन्डर बनाएर संसद् बैठक चलाउने अभ्यास शुरू गरिएको हो । यसले संसद्को गतिविधि प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सभामुख घिमिरेका अनुसार अब सांसदहरूको विद्युतीय हाजिरी गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गरिनेछ । यसले पारदर्शिता बढाउनेछ ।  सोमवारको प्रतिनिधिसभा बैठक क्यालेन्डरअनुसारै बस्यो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनमा पेश गरे । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिएको छ । प्रतिनिधिसभाको अर्काे बैठक संसद् क्यालेन्डरअनुसार माघ २४ गते बुधवार बोलाइएको छ ।

सम्बन्धित सामग्री

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विधेयक संसदमा दर्ता

९ चैत, काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भएको छ । यसअघि सरकारले बजेट आउनु भन्दा तीन महिना अगाडि नै अर्को आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुपर्ने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशले संशोधन गरेका र अन्य केही व्यवस्थाहरु समेत संशोधन गर्ने […]

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश स्वीकृत

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा राखेका थिए । आजको बैठकमा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी […]

नियम मिचेर असार तेस्रो सातापछि पनि खर्च तीन दिनमै ११ अर्ब २४ करोड भुक्तानी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष सकिनुभन्दा कम्तीमा सात दिनअगावै भुक्तानी निकासी बन्द गर्नुपर्ने व्यवस्था छ । तर, सरकारले नियम मिचेर सरकारले असार अन्तिम साताका सुरुवाती तीन दिनमै ११...

अघिल्लो बजेटको वित्तीय विवरण बुझाउन स्थानीय तहलाई महालेखाको पुनः ताकेता

२६ असोज, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणहरु पठाउन स्थानीय तहलाई पुनः ताकेता गरेको छ । स्थानीय सरकारहरुले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार वित्तीय विवरण सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्छ । यस्तो विवरणका आधारमा महालेखा नियन्त्रक कार्यालयले एकीकृत […]

संघीयताको मर्मविपरित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली

संघीय सरकारले निर्माण गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ मा संविधान र संघीयताको मर्मविपरित प्रदेश र स्थानीय सरकारको अधिकार संकुचित गरिएको छ ।

आर्थिक कार्यविधि विधेयक पारित

‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गरेका थिए ।‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सो विधे

गत आवको वित्तीय विवरण पठाउन ४२ स्थानीय तहलाई महालेखाको ताकेता

१३ पुस, काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार स्थानीय सरकारहरुले असोज मसान्तभित्र अघिल्लो आर्थिक वर्षको एकिकृत वित्तीय विवरण सम्बन्धित लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्छ । तर, पठाउनु पर्ने अवधि घर्किएको तीन महिनासम्म पनि कतिपय स्थानीय तहले वित्तीय प्रतिवेदन नबुझाएपछि महालेखा नियन्त्रक कार्यालयले अविलम्ब यस्तो विवरण पठाउन ताकेता गरेको छ । महालेखाले […]

प्रदेश १ मा आर्थिक कार्यविधि विधेयक सर्वसम्मतिले पारित

प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोले सो प्रस्ताव सदनमा पेस गरेका थिए ।विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरु जयराम यादव, झलकबहादुर मगर र शिवनारायण गनगाईंले विधेयक अत्यन्त महत्वपूर्ण रहेको र यसले आर्थिक गतिविधि, पारदर्शिता र जवाफदे

सार्वजनिक वित्तीय उत्तरदायित्व

सरकारी आय, सरकारी खर्च, सरकारी ऋण/सापटी, वित्तीय प्रशासन र सरकारी बजेट लगायतका विषय सार्वजनिक वित्तका विषयवस्तुहरू हुन्। आर्थिक तथा वित्तीय नीतिको अनुसरण गरी वित्तीय प्रणालीलाई जिम्मेवार, पारदर्शी र नतिजामूलक बनाई समग्र आर्थिक स्थायित्व कायम गरी कर दाताप्रति सरकारको जिम्मेवारी र विश्वास बढाउनु नै वित्तीय उत्तरदायित्व हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार वित्त […]

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन अध्यादेश पारित

सुदूरपश्चिम प्रदेश सभाको बैठकबाट प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पारित भएको छ ।