१३ हजार ५०० नेपाली बाह्य क्षेत्रका संगठन र निकाय मा आबद्ध

काठमाडौं  । जनगणना २०७८ को पूर्ण विवरणअनुसार नेपालमा आर्थिक रूपले सक्रिय १० वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या १ करोड ४९ लाख ८३ हजार ३१० छ । सोमध्ये १३ हजार ५३१ जना (शून्य दशमलव शून्य ९ प्रतिशत)को प्रमुख पेशा बाह्य क्षेत्रका संगठन र निकाय (INGOs) मा आबद्धता रहेको जनगणनाले देखाएको छ । जनगणनाको दिनभन्दा १२ महीनाअघिको अवधिमा ती व्यक्तिहरू यस्तो पेशामा आबद्ध रहेका हुन् । कुल पुरुषमा शून्य दशमलव १० र कुल महिलाको शून्य दशमलव शून्य ८ प्रतिशत उक्त पेशामा आबद्ध रहेको देखिएको छ ।  शहरमा बाह्य क्षेत्रका संगठन र निकायमा आबद्ध जनसंख्याको हिस्सा शून्य दशमलव १२ र गाउँपालिकामा शून्य दशमलव शून्य ३ प्रतिशत छ । हिमालमा यस्तो जनसंख्याको अंश शून्य दशमलव शून्य ५, पहाडमा शून्य दशमलव १४ र तराईमा शून्य दशमलव शून्य ५ प्रतिशत रहेको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा कोशीमा शून्य दशमलव शून्य ५, मधेशमा शून्य दशमलव शून्य ४, बागमतीमा शून्य दशमलव २४ तथा गण्डकी र लुम्बिनीमा समान शून्य दशमलव शून्य ५ प्रतिशत छ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस्तो जनसंख्याको हिस्सा क्रमश: शून्य दशमलव शून्य ५ र शून्य दशमलव शून्य ७ प्रतिशत छ ।