अपहरण मुद्दामा दुई चिनियाँ सहित चारजना पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा प्रहरीले दुई चिनियाँ नागरिक सहित विहीवार चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, तिलगंगास्थित होटल आनन्दमा बस्दै आएका दुई चिनियाँ नागरिकको अपहरण तथा शरीर बन्धक मुद्धामा दुई चिनियाँ ठमेल र दुई नेपाली सिन्धुपाल्चोकबाट गरी चारजना पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिउ विपिङ्ग, लि जियाओनिङ्ग, सिन्धुपाल्चोकका दावा पासाङ लामा र साइला भन्ने भक्ते लामा रहेका छन् । उनीहरुले यही १९ गते काठमाडौँबाट अपहरण गरी सिन्धुपाल्चोक पु¥याएको जनाइएको छ ।