काठमाण्डाै – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा मन्त्री साउदले त्याे नक्साकाे विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीमा रहेकाे नेपाली राजदूतलाई निर्देशन दिइसकेको बताउनुभएको हो । उहाँले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको भन्दै नक्साकाे विषय राजनीतिक विषय नभएको भनी भारतीय सरकारका विदेशमन्त्रीबाट आ...