गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश खारेजीको मागसहित प्रदेश सभाका सभामुखले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।
गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सचिवालय र जनमोर्चाले भ्याकेट दर्ता गरेका हुन् । उक्त निवेदनमाथि बिहीवारका लागि पेशी तोकिएको छ ।
पार्टी निर्देशन नमानेको भन्दै जनमोर्चाले सांसद थापालाई सांसद पदबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।
जनमोर्चा संसदीय दलको निर्णयको सो पत्र सभामुखले प्रदेश सभामा पढेर सुनाइसकेका छन् ।
आफूलाई सांसदबाट हटाउने नि...