सुनुवाइमै सवाल–जवाफ

 प्रतिनिधिसभा विघटन विवादमा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्र्कीले संवैधानिक इजलासमा नबस्ने निर्णय लिएपछि सुनुवाइ एक साता पछि धकेलिएको छ।बुधबारका लागि तय भएको सुनुवाइको प्रारम्भमा रिट निवेदकतर्फका वरिष्ठ अधिवक्ताहरूले ‘बेन्च’ गठनको संरचनामाथि प्रश्न उब्जाएका थिए। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, मुक्ति प्रधान, दिनेश त्रिपाठीलगायतले विशेष गरी कार्कीको उपस्थितिका विषयमा प्रश्न गरेका हुन्। कार्की अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला महान्यायाधिवक्ता थिए। उनी महान्यायाधिवक्ता अग्न...