दुलहीझैं सिँगारियो जलेश्वरनाथ महादेव मन्दिर (फोटोफिचर)
जलेश्वर, ६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको विशेष पूजाआजा गर्ने कार्यक्रम रहेकाले मन्दिरलाई दुलहीझैं सिँगारिएको अवस्था । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस
१७ असोज, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ ।
यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ । …
जलेश्वरनाथ महादेव मन्दिर बाहेक जलेश्वरको पहिचान के ? भन्ने प्रश्नमा जलेश्वरनाथ महादेव मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष विश्वेश्वर प्रसाद साह अलमलिनुभयो ।
जलेश्वर (महोत्तरी), २८ असोज । बडादसैँको अवसर पारेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दसैँका बेला गरी दुईपटक मात्रै खोलिने गरेको यस मन्दिर आज बडादसैँ सुरु भएसँगै त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी […]
जलेश्वर । बडादसैँको घटस्थापनासँगै महोत्तरी जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीे मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ ।
बडादसैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिर आजदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ ।
प्रत्येक वर्ष केवल दसैँको १० दिनमात्रै खुला रहने यो मन्दिरमा घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।
जलेश्वर, १ जेठ: शिव पुराणमा उल्लेख भएअनुसार स्वयं रुद्रद्वारा निर्मित महोत्तरीको बाबा जलेश्वरनाथ मन्दिर विगत दुई वर्षदेखि टेकोका भरमा टिकेको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित पौराणिक एवं ऐतिहासिक सो बाबा मन्दिरमा पछिबाट निर्माण गरिएको बाहिरी विशाल मन्दिर बाबाको शिवलिङ्गको ठिक्क माथि भित्रपट्टिबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको जलेश्वरनाथ महादेव मन्दिर […]
जलेश्वर, ७ बैशाख । चैती दशैँको अवसर पारेर आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रसिद्ध त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँको बेला गरी दुई पटक मात्रै खोलिने गरेको यो मन्दिर आज एकाबिहानै चैत्र अष्टमी÷नवमीको अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी […]