नेपाल दलित संघ वाग्मतीको अध्यक्षमा अछामी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघ वाग्मती प्रदेशको अध्यक्षमा ललितपुरका रमेशबहादुर अछामी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंमा भएको संघको प्रथम अधिवेशनले अछामीलाई प्रदेश कार्यसमितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।