मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १६ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।
बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडा र चितवनका अस्पताल पुर्याएपछि डाक्टरहरूले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गाैतमले जानकारी दिनुभयाे ।
हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएकाे हाे । मकवानपुरकै चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनकाे भरतपुर अ...