प्रतिस्थापन बजेटप्रति विपक्षीको प्रतिक्रिया- छापामार शैलीमा ल्याउनुपर्ने के हतारो थियो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार संसदमा पेश गरेको बजेट प्रतिस्थापन विधेयकलाई छापामार र गुरिल्ला शैली भन्दै विरोध गरेको छ ।  अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गरेपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हतारमा ल्याउनु जरुरी नभएको बताएका हुन् ।  ‘संसदभित्र सबैको सहमति लिएर प्रतिस्थापन विधेयक ल्याउनु पथ्र्यो, आजको आजै हतार गर्नुपर्ने केही थिएन,’ पाण्डेले भने ।  एमालेका अर्का नेता गोकुल बाँस्कोटाले ...