प्रधानमन्त्री ओली तानाशाह भएः केशव झा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने चेतावनी दिएका छन् । लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नुपर्ने बताउँदै उनले न्यायमुर्तिहरुको बहसले आशंका जन्माएको बताए । संसद विघटनविरुद्ध जसपा नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता झाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सार्वभौम अधिकार हनन् गरेका कारण जनतासँग माफी माग्नुपर्ने बत