काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धनका घटक ९ दलले संक्रमणकालीन न्यायका बाँकी रहेका सबै काम अविलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको ९ दलको बैठकले शान्ति सम्झौता र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी रहेका सबै काम पूरा गर्नुपर्नेमा जोड दिएको हो।पछिल्लो समय संक्रमणकालीन न्यायबारे उठेका धारणासम्बन्धमा आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै ९ दलले बैठकपछि जारी गरेको संयुक्त विज्ञप्ति