काठमाडौं : मंगलवार चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। लिको भेटघाटले आज उपत्यकाको सवारी आवागमनसमेत प्रभावित हुने भएको छ।
ट्राफिक प्रहरीले विशेष कारण देखाउँदै ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी…