काठमाडौं।काठमाडौं महानगर क्षेत्रभित्रका ३२ स्थानमा ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियानमा १८ हजार ११३ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।अभियानको पहिलो दिन ८ हजार ७४७ र दोस्रो दिन ९ हजार ३६६ जना सहभागी भएका छन्। यो अभियानमा १ लाख जनालाई खोप लगाउने महानगरपालिकाको योजना छ।