नयाँ सत्ता समीकरणको रस्साकस्सी - मौकामा चौका हान्ने आ–आफ्नै दाउ

काठमाण्डौ – प्रतिनिधि सभा विघटन गर्ने व्यक्तिकै नेतृत्वमा अहिलेको सरकार चलिरहेको छ । योसँगै नयाँ सत्ता समीकरणको गृहकार्य पनि अघि बढिरहेको छ । संसद् पुनर्स्थापना भएको झण्डै साढे एक महिनापछि नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्नु सकारात्मक छ । देशलाई धेरै अन्याेल र अराजक रूपमा राख्न हुँदैन । प्रधानमन्त्रीले पनि नयाँ सरकार निर्माणका लागि बाटो नखोल्ने र विपक्षमा रहेका शक्तिहरूले पनि कार्यगत एकता गरेर अघि बढ्न नसक्ने अवस्थाले संविधान र लोकत...