३ वर्ष जेल वस्नु पर्ने लामिछाने राज्यकै सेटिङमा यसरी भए चुनाव लड्न योग्य
राज्यका निकायकै सेटिङमा राहदानी प्रकरणमा उन्मुक्ति पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः चितवन २ बाट उम्मेदवार वन्ने भएका छन् । उम्मेदवारी घोषणा गर्न लामिछानेले आजै पत्रकार सम्मेलनको आयोजना गरेका ...
काठमाडौं । नेपालले खुला बजार नीति लिएको ३ दशकभन्दा बढी भइसक्दा पनि अर्थतन्त्र त्यसअनुसार अघि बढ्न सकेको छैन । पछिल्लो समय झन् उल्टै ‘क्रोनिज्म’ फस्टाउँदो छ । ‘क्रोनिज्म’ भनेको सत्ताको वरिपरि रहेर निश्चित व्यक्तिले लाभ लिनु हो । ‘क्रोनिज्म’ फस्टाउँदा व्यवसायमा प्रतिस्पर्धा हुन पाउँदैन र यसले अन्तत: अर्थतन्त्रमा नकारात्मक असर पर्छ । यसले गर्दा सत्तामा पहुँच राख्ने वर्गले लाभ लिएको लियै गर्छन्, नयाँ विचार र कर्ममा विश्वास गर्ने वर्ग मारमा पर्ने गर्छन् ।
विश्लेषक पीताम्बर शर्माले माओवादी जनयुद्धपछि नेपालमा ‘क्रोनिज्म’ झनै फस्टाएको बताए । ‘क्रोनिज्म पहिला पनि थियो । तर, राजतन्त्रको अन्त्यपछि यो झन् बढेको छ,’ उनले भने, ‘राजतन्त्र हटेपछि जनयुद्ध लडेको तत्कालीन माओवादी सरकारमा आयो । नयाँ सरकार र व्यवसायीको सम्बन्ध नहुँदा २/३ वर्ष ‘क्रोनिज्म’ मा केही कमी भयो । तर, विस्तारै निश्चित व्यवसायीले नेताहरूको बेडरूमसम्मै पहुँच पुर्याए । नेताहरूले पनि उनीहरूसँग सम्बन्ध बढाउन थाले । त्यसपछि ‘क्रोनिज्म’ ह्वात्तै बढ्यो ।’
१५/१६ औं शताब्दीमा नेदरल्यान्ड्समा ‘क्रोनिज्म’ प्रवृत्तिको शुरुआत भएको बताइन्छ । नेपालमा भने मल्लकालदेखि नै यस्तो प्रचलन शुरू भएको विज्ञहरू बताउँछन् । तर, नेपालले खुला बजार नीति लिएपछि ‘क्रोनिज्म’ को अन्त्य भएर प्रतिस्पर्धा शुरू हुनुपर्ने धेरैको अपेक्षा थियो । पूर्वअर्थसचिव रामेश्वर खनाल पछिल्ला दिनमा अधिकांश क्षेत्र क्रोनिज्मबाट प्रभावित भइसकेको बताउँछन् । ‘कृषि र सूचना, प्रविधिबाहेक अन्य सबैजसो क्षेत्रमा क्रोनिज्म प्रवृत्ति फस्टाएको छ,’ उनले भने, ‘संरचनागत रूपमा हेर्ने हो भने स्थानीय तहदेखि केन्द्रसम्म यो प्रवृत्ति हाबी छ ।’ स्थानीय तह र प्रदेशमा सानासाना स्केलको तथा केन्द्रीय स्तरमा ठूला स्केलमा क्रोनिज्म फस्टाइरहेको उनले बताए ।
स्थानीय तहमा सडक बनाउनेदेखि लिएर अन्य ठेक्का पनि जनप्रतिनिधिका आसेपासेले पाउने गरेका छन् । स्थानीय तहकै वृत्तचित्र (डकुमेन्ट्री) बनाउने काम पनि पालिका प्रमुखका नजिकका व्यक्तिले नै लिने गरेको गुनासो रहँदै आएको छ ।
क्रोनिज्मले सरकार र निश्चित समूह तथा व्यक्तिको सम्बन्धलाई देखाउँछ । त्यसो हुँदा सरकार नजिकका व्यवसायीहरू अनुगमनको दायरामा नआउने र सर्वसाधारण व्यवसायी नियन्त्रणको चपेटामा परेका हुन्छन् । तसर्थ, क्रोनिज्म खुला बजार अर्थनीतिका विरुद्धमा हुने विज्ञहरू बताउँछन् । क्रोनिज्मले अर्थतन्त्रको विकासमा समेत असहयोग गर्ने विज्ञहरूको भनाइ छ ।
अर्थविज्ञ तथा परामर्शदाता सुजीव शाक्य अधिकांश क्षेत्रमा नियन्त्रणको नीति पनि क्रोनिज्मको रूप रहेको बताउँछन् । ‘नियन्त्रण हुने तर अनुगमन नभएपछि खराब काम गर्ने व्यक्ति तथा समूहलाई पनि बचाउने र सुरक्षा दिने काम सरकारबाट हुन्छ,’ उनले भने, ‘साथै, नियन्त्रणकै कारण व्यवसायमा नयाँ उद्यमीलाई छिर्न गाह्रो हुन्छ ।’ अहिले कुनै पनि क्षेत्रमा गएर व्यवसाय गर्न सरकारको अनुमति चाहिन्छ । तर, सरकारले सहजै अनुमति दिँदैन । आफ्ना आसेपासे व्यक्ति तथा समूहलाई भने अनुमति दिने गरेको पाइन्छ ।
विशेषगरी लाइसेन्स प्रणाली भएको क्षेत्रमा क्रोनिज्म फस्टाएको शाक्य बताउँछन् । सत्तामा गएकाहरू जनताका प्रनिनिधि भए पनि आसेपासेलाई नै धनी बनाउने काम गरेको उल्लेख गर्दै पूर्वअर्थसचिव खनाल यसले शीप र क्षमता भएका व्यक्तिहरू अवसरबाट वञ्चित हुनु परेको बताउँछन् ।
पछिल्लो समय व्यवसायीहरू आफै नीति निर्माणको तहमा पुगेका छन् । राजनीतिक दलहरूमा समेत व्यवसायीहरूको उपस्थिति बढ्दो छ ।
‘व्यवसायीहरूले राजनीति नै गर्न हुँदैन भन्ने होइन । तर, उनीहरू नीति निर्माण गर्ने तहमा पुगेपछि आफ्नो हितमा हुने मात्र नीति गराउँछन्, त्यसले अर्थतन्त्रलाई ठूलो असर गर्न सक्छ,’ एक विश्लेषकले भने ।
विश्लेषक शर्मा भने ठूला राजनीतिक पार्टीहरू अहिले देखिएको प्रवृत्तिलाई नियन्त्रण गर्ने पक्षमा नभएको बताउँछन् । ‘पार्टीहरूलाई चुनाव लड्न पैसा चाहिन्छ । त्यो पैसा लिएपछि उनीहरूलाई फाइदा हुने काम गर्नुपर्यो,’ उनले भने, ‘जसले गर्दा क्रोनिज्म झन् फस्टाउँदो अवस्थामा पुग्यो ।’
काठमाण्डाै – नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले विकास निर्माणका लागि अरबाैँ रकम अपुग भइरहेको अवस्थामा अरबाैँ रकम खर्च गरी चुनाव गर्नु बेठिक भएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै भट्टले देशमा विकास निर्माणका लागि अरबाैँ रकम अपुग भएको अवस्थामा चुनावमा अरबाैँ रकम खर्च गर्...
दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरेको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्ने निर्णय सुनाएको हो। अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको छ। बिहिबार प्रहरीले मनाङेलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो। एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका मनाङेमाथि सर्वोच्च अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि फरार थिए। १ सय ९२…