पोखरा– नेकपा एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् । उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन दिएको भन्दै कास्कीमा नेकपा एससँग गठबन्धन […]