चुनावमा खटिने १ लाख १० हजार कर्मचारीको बीमा गर्न निर्वाचन आयोगद्वारा प्रस्ताव आह्वान

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको बीमा गर्नको लागि बीमा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । आयोगले निर्वाचनमा खटिने १ लाख १० हजार ७ सय १३ जना कर्मचारीको बीमा गर्नको लागि प्रस्ताव आह्वान गरेको हो । आयोगले २० लाख बिमांकको सामुहिक दुर्घटना बीमा गर्न लागेको हो । आयोगले आयोगका पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारीहरू, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरू (काज, स्थायी, करार समेत) गरि ९०० जनाको १०४ दिनको बीमा, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीहरू ६ हजार ७ सय ७७ जनाको ७० दिनको बीमा , मतदान केन्द्रमा खटिने कर्मचारीहरू ९४ हजार जनाको १५ दिनको बीमा र मतगणना कार्यमा खटिने कर्मचारीहरू ९ हजार ३६ जनाको १० दिनको लागि बीमा गर्न प्रस्ताव माग गरेको हो। आयोगले फागुन १६ गते दिउँसो २ बजेसम्म आयोगमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ । प्रस्ताव पेश गर्नको लागि आयोगले निम्न शर्त तोकेको छ  ।  १. प्रचलित कानून बमोजिम नेपाल सरकारबाट बीमा कारोबार गर्ने इजाजत प्राप्त गरी कम्तीमा ३ वर्षसम्म बीमा सम्बन्धी कामको अनुभव भएको । २. बीमा सम्बन्धी वा यस्तै प्रकृतिका कार्य गर्दा कालो सूचीमा नपरेको र पचास प्रतिशत भन्दा बढी स्वदेशी स्वामित्व भएको स्वघोषणा गरेको हुनुपर्नेछ । ३. निर्वाचनको कार्यमा संलग्न जनशक्तिहरूको संख्या र तोकिएको अवधि अनुसार बीमा गर्दा लाग्ने शुल्क स्पष्ट रूपमा उल्लेख गरी प्रस्ताव गर्नुपर्नेछ । ४. बीमा गर्ने अवधि र संख्या आयोगको निर्णयबाट थपघट हुन सक्नेछ । ५. यसरी प्रस्ताव पेस गर्न बीमा कम्पनीहरूको प्रस्ताव स्वीकृत गर्ने वा नगर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार आयोगमा सुरक्षित रहनेछ।६. प्रस्ताव दाताले मिति २०७८/११।१६ गते अपरान्ह १२:०० बजेसम्म यस आयोगमा प्रस्ताव पेस गर्नुपर्नछ । ७. सूचनामा उल्लेखित विषयहरू यसै अनुसार र यसमा उल्लेख नभएका विषयहरू प्रचलित कानून बमोजिम हुनेछ। 

सम्बन्धित सामग्री

६८ लाखभन्दा बढी मतपत्र छापिसक्यौँ : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका लागि ६८ लाख बढी मतपत्र छपाई भइसकेको जनाएको छ। आयोगले आजसम्म थप २४ लाख मतपत्र छपाइ सम्पन्न हुँदा ६८ लाख १० हजार पुगेको जनाएको हो।छपाइ भएका मतपत्रमध्ये प्रदेशसभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फका ३३ लाख २४ हजार रहेको आयोगले जानकारी दिएको छ। यसैबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ।आज दोलखा, रामेछाप,

चार बजेसम्म करिब ५५ प्रतिशत मतदान : निर्वाचन आयोग

स्थानीय तह निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म देशभर करिब ५५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहानैदेखि देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको र अपरान्ह ४ बजेसम्ममा करिब ५५ प्रतिशत मतदान भएको जनाएको हो । यो निर्वाचनमा देशभर १० हजार ७५६ मतदानस्थलमा २१ हजार ९५५ वटा मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ […]

अपडेट : साढे एक बजेसम्म करिब ४० प्रतिशत मतदान

काठमाडौं : बिहान सात बजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो साढे एक बजेसम्म करिब ४० प्रतिशत मतदान निर्वाचन आयोग कार्यालयले जनाएको छ। निर्वाचन आयोगका अनुसार स्थानीय  बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केही स्थानमा छिटफुट घटनाबाहेक हालसम्म मतदान ४० प्रतिशत मतदान भइसकेको जनाएको छ।छिटफुट घटनाबाहेक हालसम्म शान्तिपूर्वक भइरहेको आयोगले जनाएको छ।  आज ७५२ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।आजको मतदान देशभर शान्तिपूर्ण रुपमा चल

प्रविधिमैत्री बन्दै निर्वाचन आयोग : ७५३ ओटै मतगणना स्थलमा सिसी क्यामरा जडान

वैशाख २६, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई पनि कडाइका साथ लागू गरिरहेको छ । नेपालको संविधान घोषणा भएपछि हुन लागेको दोस्रो निर्वाचनले संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई अझै परिस्कृत गर्दै लैजानेमा धेरै मतैक्य छ । सोही क्रममा आयोगले स्थानीय तह निर्वाचनका लागि ७५३ ओटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा क्लोज सर्किट क्यामेरा (सिसी क्यामेरा) को प्रबन्ध गरेको छ । मतगणनाको क्रममा हुने अवाञ्छित गतिविधि रोक्न र विवाद कम गर्ने उद्देश्यका साथ  सिसी क्यामेराको प्रबन्ध गरिएको हो । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरेको थियो । सोमवार वा मंगलवारसम्म सबै पालिकामा त्यस्तो क्यामेरा जडान भइ सक्नेछ । कुल ३५० पालिकामा यसअघि नै सिसी क्यामेरा जडान भइसकेको छ ।  त्यस्तै, ५० पालिकाले आफुखुसी आयोगको भीएमएस सिस्टमसँग जडान नहुने सिसी क्यामेरा जडान गरेको पाइएकाले त्यसलाई पनि सोही प्रणालीमा जडान हुने गरी क्यामेरा प्रबन्ध गर्न भनिएको छ । त्यस्तो कार्य वैशाख २९ गतेसम्म पूर्णरुपमा सम्पन्न गर्न निर्देशन दिइएको छ । आयोगले जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका निर्वाचन अधिकृतलाई त्यस्तो निर्देशन गरेको हो । सबै मतगणनास्थलको प्रत्यक्ष दृश्य आयोगको बहादुरभवनस्थित कार्यालयबाटै हेर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । यसबाट निर्वाचनको विश्वसनीयतामा समेत वृद्धि हुने र कुनै अवाञ्छित गतिविधिले प्रश्रय नपाउने विश्वास लिइएको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले यसअघि नै कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको बताएका थिए । गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनः मतदानसमेत भएको थियो । निर्वाचनका लागि कुल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनका लागि कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।  स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको संख्या  उल्लेख्य रहेका छन् । आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको संख्या ७६ हजार १६२ छ ।  सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार छन् ।  २१ देखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष र १६ हजार ४७८ महिला गरी कुल ३५ हजार २५८ उम्मेदवार छन् । यसैगरी ५१ देखि ६५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ३७ हजार ५४ छ । सो उमेर समूहमा २६ हजार ५१५ पुरुष र १० हजार ५३९ महिला छन् । यस्तै ६५ वर्ष माथिका चार हजार ३५० पुरुष र एक हजार १७७ महिला गरी पाँच हजार ५२७ उम्मेदवार रहेका छन् । यही वैशाख ३० गते ७५३ स्थानीय तहका कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कुल एक लाख ४५ हजार १० उम्मेदवार छन् । नगरपालिका प्रमुखमा तीन हजार २३८, उपप्रमुखमा एक हजार ९६४, गाउँपालिका अध्यक्षमा तीन हजार ९२ र उपाध्यक्षमा दुई हजार १६३ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै वडाध्यक्षमा ३२ हजार ४९६, सदस्यमा ५३ हजार १७३, महिला सदस्यमा २५ हजार ५९९ र दलित महिला सदस्यमा २३ हजार २८५ जनाको उम्मेदवारी परेको छ । रासस

सुनसरीमा थपिए २२ हजारभन्दा बढी मतदाता

सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखि १९ पुससम्म सञ्चालन भएको थियो । पहिलो चरणको १७ मंसिरदेखि २ पुससम्मको विशेष कार्यक्रमअन्तर्गत १० हजार ३२४ जना मतदाता थपिएका हुन् ।थपिएकामध्ये इटहरीमा तीन हजार ६६२, रामध

८ लाख ४३ हजार नयाँ मतदाता थपिए

पछिल्लो थपसहित देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता संख्या पुगेको छ । निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार पछिल्लो संकलित नामावली अद्यावधिक पछि १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेका छन् ।नयाँ संख्या थपपछि मतदानस्थल १० हजार ६ सय ६० कायम हुने भएको छ । यसअघि, २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ५४ लाख थिए । यो संख्या आधार मान्दा तीन वर्षमा ८ लाख ४३ हजार नयाँ मतदाता थपिएका हुन् ।सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटन निर्णय गरेर वैशाख