सभामुखले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाले संबैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संबैधानिक परिषदले गरेको सिफारिस फिर्ता पठाएकोमा गम्भीर आपत्ती जनाउनुभएको छ । सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष तिमिल्सिनाले सभामुखको अधिकारक्षेत्र र पत्रमा प्रयोग भएको व्यहोराप्रति आपत्ती जनाउनुभएको हो । संघीय संसद अन्तरगत दुई सदन रहेको र दुवै सदनका पदाधिकारीको हैसियत बराबर रहेकाले प्रतिनिधिसभाका सभामुखले मात्रै एकल ढंगले निर्णय गर्न नमिल्ने उहाँको तर्क थियो । उहाँले सभामुखको एकल निर्णयले संघीय संसदको अर्को सदन राष्ट्रियसभाको गरिमामा प्रहार भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘संघीय संसद तथा सो अन्र्तगतका समितिको व्यवस्थापन, सञ्चालन समेतको व्यवस्था गर्ने अधिकरा प्रतिनिधिसभाका सभामुखमा निहित भएको भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिका सम्बन्धी संबैधानिक व्यवस्था, स्थापित अभ्यास, माथिल्लो सदन राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार भएको छ ।’ उहाँले नेपालको संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०७५ ले संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नगरेको जिकिर गर्नुभयो । उहाँले सुनुवाईका लागि परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिको दुई तिहाई बाहेकका अन्य कुनै पनि निकाय वा पदाधिकारीलाई अस्वीकार वा फिर्ता गर्ने कानूनी व्यवस्था नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘म समेत सहभागी भै निर्णय भएको संवैधानिक परिषद्का सिफारिसहरु विधि सम्मत ढंगले संसदीय सुनुवाइ समितिलाई उपलब्ध गराइएको हो । प्रतिनिधिसभा विघटनपुर्व संघीय संसदका महासचिव एवं सुनुवाइ समितिका सचिवलाई सिफारिसपत्रहरु उपलब्ध भएको र प्रक्रियामा रहेको कअवस्थमा हठात् सिफारिसपत्रहरु नेपालको संविधान र संघीय संसदके संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ विपरित सभामुखको एकल निर्णयले फिर्ता पठाएकोमा गम्भीर आपत्ति प्रकट गर्दछु ।’ उहाँले दुई सदनात्मक व्यवस्थामा दुवै सदन बराबरी रहेको र राष्ट्रियसभा नै छैन जस्तो आइतबार सिफारिस फिर्ता पठाउने काम भएको र त्यसमा राष्ट्रियसभाको संलग्नता नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति हो । संसदीय सुनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी गलत प्रक्रियामा संघीय संसदको माथिल्लो सदन ...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका राजदूतबीच भेट

१ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्ष तिमिल्सिना र राजदूत भोल्कबीच भेटवार्ता भएको हो । भेटको क्रममा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । […]

राष्ट्रिय सभा अध्यक्ष प्रतिनिधिसभा विघटनको पक्षमा !

२४ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा विघटन दुनियाँको अभ्यास भएको बताएका छन् । तर नेपालमा नयाँ संविधान निर्माणका क्रममा संसद विघटन गर्न नपाइने व्यवस्था राख्दा अहिले लफडा भएको उनले बताए । पारिवारिक निजी वन संघ नेपालको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले ऐन, कानुन बनाउने क्रममा राजनीति गर्नेहरु अतिमा जाने […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

पर्वत - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गर्नुभएको छ ।  उहाँले पर्वतको मोदी गाउँपालिकामा रहेकाे वडा नं. ७ राम्जाको पशुपति मावि 'क' केन्द्रबाट मतदान गर्नुभएको हो ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका  छन् ।उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए ।

स्पष्ट नीति नहुँदा साना आयोजना पनि संघबाटै आए : राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजनाहरु पनि संघबाटै आइरहेको बताएका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई...

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका– ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् । अध्यक्ष तिमिल्सिनाले पशुपति केन्द्रबाट बिहान ७ : ३० बजे मतदान गरेका हुन् ।स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडी आफ्नो गाउँ पुगेका थिए । सात स्थानीय तह तथा ६१ वडा रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि जारी छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष तिमिल्सिनालाई मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले विज्ञप्ति जारी गरेर जनाएको छ । सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए । हाल अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी […]

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना सङ्क्रमण

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष तिमिल्सिनालाई मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले विज्ञप्ति जारी गरेर जनाएको छ । सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए ।हाल अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी बालुवाटारस्थित सरकारी निवासमै स्वास्थ्य लाभ लिइरहेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष र वर्माबीच भेट

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा शुक्रबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गरे । उनले यूएनएचसीआरले स्थापना भएदेखि विश्वभर छरिएर रहेका करिब ५ करोड […]