सुन्दरीजलमा बेपत्ता किशोरको शव भेटियो

८ साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ । शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आइतबार भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । उनका अनुसार ढुंगाको चेपमा अड्किएको अवस्थामा प्रधानको शव भेटिएको छ । शनिबार साथीहरुसँग घुम्न गएका कपनका प्रधान खोलामा खसेको स्पिकर टिप्न […]

सम्बन्धित सामग्री

नदीमा बेपता किशोरको शव भेटियो

तिला नदीमा बेपता भएका किशोरको शव भेटिएको छ । जिल्लाको तिलागुफा नगरपालिका –६ स्थित तिला नदीमा पौडी खेल्न गएका १५ वर्षीय किशोर मंगलवार बेपत्ता हुनुभएको थियो । उहाँको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ ।

नारायणीमा बेपत्ता किशोरको शव भेटियो

नारायणी नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि बेपत्ता भएका देवचुलीका एक किशोरको शव मंगलबार फेला परेको छ ।

तीन दिनदेखि बेपत्ता किशोरको शव भेटियो

विराटनगर : तीन दिनदेखि हराएर बेपत्ता बनेका एक किशोरको शव फेला परेको छ।मोरङको बुढीगंगा गाउँपालिका ५ हात्तीमुडा लिची बगैँचा टोलका १४ वर्षीय निश्चल राय तीन दिनदेखि हराएका थिए। उनको शव आज (बुधबार) बिहान घरदेखि पूर्वपट्टिको सिंघिया खोलामा मृत अवस्थामा फेला परेको हो।नेकपा माओवादी केन्द्रका नेता उपेन्द्र रायको छोरा निश्चल कार्तिक २२ गते करिब ३ बजेतिर हराएका थिए। तीन दिनदेखि हराएको निश्चल शव घरदेखि करिब एक किलोमिटर पूर्वमा रहेको सिंघिया खोला छेउमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले