देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्रअन्तर्गत दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरुपमा फर्काइने भएको छ । सिसवार उपभोक्ता समिति र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ताल विस्तारको काम अगाडि बढाइएको सिसवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ का लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि शुरू हुने भरतपुर भ्रमण वर्षका लागि निकुञ्जसहित यससँग जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा समेत तयारी शुरू गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीसहजारी तालमा सरसफाइको काम भइसकेको छ । ‘भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्ज कार्यालयले यहाँ रहेका जीप सफारीको पुराना रूटमा पनि सरसफाइ गरिसकेको छ,’ तिवारीले भने । पर्यटकीय स्थलमा नक्सा (म्याप) राख्ने काम पनि गरिएको जानकारी उनले दिए ।
निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई व्यवस्थित बनाउने काम निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको उनले बताए । मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वार सजावटको काम गरिएको छ भने निकुञ्जको मुख्यालय कसरामा सरसफाइ तथा रङरोगन गरिएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने व्यवस्था मिलाइएको छ ।
भ्रमण वर्षमा भरतपुर आउने प्रकृति पर्यटक (नेचर टुरिस्ट)का लागि निकुञ्जभित्र हुने पर्यटन गतिविधि सहज बनाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज जीप तथा हात्ती सफारीका लागि प्रख्यात मानिन्छ ।
भरतपुर–६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्नेगरी ‘केज’ बनाइएको निकुञ्ज कार्यालयले बताएको छ । उद्धार केन्द्रकै कम्पाउण्डमा गैंडा राख्न मिल्नेगरी तारबारको काम पनि अहिले भइरहेको छ । निकुञ्ज घुम्न आउने पर्यटकले पाटे बाघ र गैंडा देख्न नपाएमा सहज तरीकाबाट देखाउने उद्देश्यले चिडियाघर शैलीमा उद्धार केन्द्र निर्माण गरिएको हो ।
‘निकुञ्जमा समय र परिस्थिति नमिलेमा वन्यजन्तु नदेख्ने सम्भावना रहन्छ । यस्तोमा पर्यटकलाई बाघ र गैंडा देख्न पाइएन भन्ने खिन्नता हुन सक्छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले भने, ‘त्यस्तो नहोस् भन्न केजभित्र बाघ राख्ने तयारी गरिएको हो । फागुन पहिलो साता बाघलाई केजमा राख्ने निकुञ्जको तयारी छ ।’
निकुञ्जले प्रवेश टिकट डिजिटल बनाउने भएको छ । त्यसका लागि निकुञ्ज विभागलाई पत्राचार गरिएको छ । भ्रमण वर्षमा पर्यटकको चापमा वृद्धि हुने र टिकट काट्न असहज हुने भएकाले टिकट प्रणालीलाई अनलाइन बनाउन पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जाले जानकारी दिए ।
कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् । तराई भूपरिधि कार्यक्रम (ताल)ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिसँग समन्वय गरी जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान गरेको हो […]
नेपालगञ्ज (बाँके) । मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छ । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल बढ्न नसकेको पर्यटन व्यवसायीको भनाइ छ ।
पर्यटन प्रवर्द्धनमञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अहिलेको अवस्थामा पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकिएको उल्लेख गर्दै व्यवसायी धरासायी हुने अवस्थामा पुगेकोमा गुनासो गर्नुभयो । “बाँकेमा पर्यटनको प्रचुर सम्भावना छ तर यसमा लगानी गरेर संरक्षण र सम्वद्र्धन गर्ने काम गर्न सकिएको छैन”, उनले भने ।
नेपालगञ्जका तारे होटेल क्यासिनोको भरमा मात्रै चलेको भन्दै अधिकांश होटेल पाहुनाको पर्खाइमा रहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवसायीले पर्यटन क्षेत्रमा सङ्गठित भएर काम गर्न नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा थप लगानी गर्ने वातावरण नभएको बताए ।
श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको बताउँदै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिए । निकुञ्जलाई हात्ती सफारी, चार सिङ्गे मृग, बाघलगायतका अन्य जन्तुको समेत बासस्थान भएको क्षेत्रका रुपमा प्रचार गर्नसके यसले पर्यटकीय आकर्षण बढ्नसक्ने उनको भनाइ छ ।
नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्ण स्थलका रुपमासमेत विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्जमा बिरयानी, घमन्जा, हलुवा, पराठा, चाट, समोसालगायतका खानाका परिकारलाई ब्राण्डिङ गरेर पर्यटकीय आकर्षण बढाउन सकिने श्रेष्ठको भनाइ छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको अध्ययन, अनुसन्धान र खोजी नभएको र त्यसका लागि बृहत् परियोजना निर्माणमा जोड दिए । उहाँले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताए ।
जिल्लाका राप्तीसोनारी, वैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रका रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना भए पनि त्यस्तो सोचको विकास हुन नसकेको बताए । केही घरबास र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिए पनि अहिले चहलपहल नभएको बताइएको छ ।
राप्ती नदीमा र्याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास र वैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सरोकारवालाको भनाइ छ । साथै महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात छन् । यसक्षेत्रमा आठ क्यासिनो, दुई पाँचतारे र १२ चारतारे होटेल छन् ।
बाँके । पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करीब ३०० साइकल यात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतीश निरौलाले जानकारी दिए ।
उनका अनुसार यही माघ २६, २७ र २८ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दी ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ । ‘यही माघ २६ गते बागेश्वरी मन्दिरबाट शुरू हुने हाम्रो यात्रा त्रिभुवनचोक, गणेशमानचोक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल अनि बाँसगढीको ओम केदारेश्वर मन्दिर र सतखलुवा ताल हँुदै ठाकुरद्वारा पुग्नेछ,’ अध्यक्ष निरौलाले भने, ‘२७ र २८ गते बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारी, हात्ती सफारी अनि नेपालकै लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउँदै कर्णाली चिसापानीसम्म पुर्याउने हाम्रो योजना छ ।’
साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबै खालको समन्वय गरिसकेको भन्दै अध्यक्ष निरौलाले ‘टुर दी ठाकुरद्वारा’मा अन्तरप्रदेशीय साइकल यात्री र अन्तरराष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागी हुने उल्लेख गरे । ‘साइक्लिङलाई संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो । रासस
कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्याउन थालेपछि साइरन जडान गरिएको हो ।
‘बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,’ बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।’ साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । महराका अनुसार साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । साइरन बजेपछि हात्ती धपाउन सजिलो हुने उनले बताए । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न नपाउने र हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति पनि नहुने उनको भनाइ छ ।
‘साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,’ अध्यक्ष महराले भने, ‘हात्तीको बथानले घरलगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्याउन पाउँदैन ।’ सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो । साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ । रासस
सुदूरपश्चिम नेपालको पर्यटनको खानी हो । यद्यपी, पश्चिमी नाका हुँदै नेपाल आउने पर्यटकहरु त्यहाँ लामो समय बस्दैनन् । सुदूरपश्चिममा पर्यटनको अत्यन्त सम्भावना हुँदाहुँदै पनि ती क्षेत्रका गन्तव्यको प्रचार कम मात्रामा भएको छ ।कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतसहित अन्य मुलुकका पर्यटक नेपाल भित्रिन्छन् । तर, कोरोनाका कारण अहिले सुस्ताएको छ । तथापी, दशैँ र तिहार जस्ता चाडको अवसरमा काठमाडौँ र अन्य शहरका मानिसहरु सुदूरपश्चिम घुम्न निस्कने हो भने त्यहाँका पर्यटकीय गन्तव्यको प्रचारमा सघाउ पुग्ने छ । फलस्वरुप विदेशी पर्यटकहरु सुदूरपश्चिम घुम्न आउने सम्भावना बलियो छ ।कर्णाली पुलकर्णाली नेपालको सबैभन्दा लामो नदी हो । त्यो नदीमा बनाईएको एकखम्बे पुल सुदूरपश्चिमलाई संघिय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख पुल हो । ५ सय मिटर लम्बाइ र १४ मिटर चौडाइको यो पुल सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि मुख्य गन्तव्यका रुपमा प्रचार गर्न सकिन्छ ।टीकापुर पार्कस्वीट्जरल्याण्डको लक्साल शहरको नक्साका आधारमा ठ्याक्कै त्यस्तै देखिने गरी रेखाङ्कन गरिएको टीकापुर पार्क ५ विगाहा क्षेत्रफलमा फैलिएको छ । ८० प्रकारका गुलाबका फूल यो पार्कमा पाइन्छ ।यति मात्रै नभई २०२८ सालमा तत्कालीन राजा महेन्द्रले त्यहीबाट १ महिना शासन चलाएका कारण पनि त्यो विषयको अध्ययनका तथा पिकनिक र चलचित्र छायांकनका लागि टीकापुर पार्क प्रमुख गन्तव्य बन्न सक्छ ।घोडाघोडी तालघोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकरण भएको नेपालकै महत्वपूर्ण ताल हो । २ हजार ५६३ हेक्टरमा हातको हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । २४५ प्रजातिका चराचुरुङ्गी, पानी हाँस, जंगली धान लगायतका लागि घोडाघोडी ताल आकर्षक र रमणीय पर्यटकीय गन्तव्य हो ।एकमात्र राणाकालीन दरबारकैलालीको चुरे गाउँपालिकास्थित गर्वा दरबार सुदूरपश्चिमकै एक मात्र राणाकालीन दरबार हो । १९८२ सालमा निर्माण गरिएको यो दरबार इतिहासको अध्ययनका लागि पुग्नैपर्ने ठाउँ हो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध छ । निकुञ्जभित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाकको प्रवन्ध छ । हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउमा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ ।शुक्लाफाँटामा बाघ, खरायो, हात्ती, गैँडा लगायतका जीव जनावर हेर्न पाईने शुक्लाफाँटामा आधा दर्जनभन्दा बढी तालहरू छन् ।ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल रहेको यो निकुञ्ज क्षेत्र ३०५ वर्गकिलोमिटरमा फैलिएको छ । दोधारा चाँदनीकञ्चनपुरको दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यो पुलले नेपाल पारिका तर नेपालकै २ ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । आन्तरिक पर्यटकको भीड हुने यो ठाउँमा बाह्य पर्यटक पनि तान्न सकिन्छ ।अमरगढी र अजयमेरूकोटअमरगढी किल्ला डडेल्धुराको ऐतिहासिक किल्ला हो । यो किल्लका अवलोकनका लागि आन्तरिक पर्यटकको भीड लाग्छ ।डडेल्धुराको अजयमेरू गाउँपालिकास्थित अजयमेरूकोट दरबार ऐतिहासिक दरबार हो । खप्तडपश्चिम नेपालका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको रोजाईको गन्तव्य हो ।खप्तड परिसरमा २२ वटा पाटन छन् । सुदूरपश्चिमकै सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य खप्तड घुम्न अहिलेको समय अति उपर्युक्त समय हो । २ हजार ७ सयदेखि ३ हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ मानिने दलदले घाँसे मैदान हो । खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, खप्तडबाबाको आश्रम यहाँका विशेषता हुन् । रामारोशनअछामको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र रामारोशनलाई बाह्र बण्ड, अठार खण्डका नामले पनि चिनिन्छ । यो क्षेत्रमा १२ वटा ताल र १८ वटा ठूलाठूला चौर छन् ।यहाँ १२ प्रकारका लालीगुराँस पाइन्छन् । नेपालको राष्ट्रिय चरा डाँफे नाँचिरहेको देख्न पाईने यो क्षेत्र पनि अहिले घुमफिरका लागि राम्रो समय हो ।बडिमालिकाबडिमालिकालाई भूस्वर्ग नै मानिन्छ । हिन्दुका देवादिदेव भगवान शिवले लामो समय बिताएको मानिने बडिमालिका धार्मिक दृष्टिले अत्यन्त महत्वको क्षेत्र हो । समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्र हिमालसँगै विशाल फाँटमा रमाउनेका लागि पुग्नैपर्ने गन्तव्य हो ।अपि बेसक्याम्पदार्चुला जिल्लामा पर्ने ७ हजार १३२ मिटर उचाईको अपि हिमालको आधार शिविरसम्म पदयात्राका लागि यो ठाउँ अत्यन्त रोमाञ्चक ठाउँ हो ।अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबई हिउँचुली लहरै उभिएको दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालुसहित डाँफे, मुनाल देख्न पाईने यो क्षेत्र सुन्दर सुदूरपश्चिमका देउडा भाका सुन्दै यात्रा गर्नुको मजा बेग्लै हुन्छ । व्यास (मानसरोवारको प्रवेशद्वार)सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको कुनामा छ । कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्यका साथमा त्यहाँका सौका समुदायको परम्परा र संस्कृति आकर्षणको केन्द्र हो ।
वैशाख २०, चितवन । खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनले निर्माण गरेको कृत्रिम तालले त्यहांँका पिछडिएका दराई–बोटे समुदायमा खोला, नदीप्रतिको निर्भरता हटाएको छ । यसअघि उक्त समुदायले खोला नदीमा माछा मारेर जीवन यापन गर्दै आएपनि समुदायको सक्रियतामा ताल निर्माण भएपछि उनीहरूको दैनिकीमा समेत परिवर्तन आएको छ ।
वनले निर्माण गरिदिएको तालमा माछापालन गरेर आम्दानी हुन थालेपछि दराई–बोटे समुदायको नदीप्रतिको निर्भरता हटेको हो । कृत्रिम ताल निर्माण भएपछि ती समुदायले कृत्रिम तालमा माछापालन गरेर आम्दानी गर्न थालेका छन् । माछापालनबाट भएको आम्दानीले जीवन सहज बन्दै गएपछि यो समुदाय नजिकका नदी तथा खोलामा माछा मार्न जान छाडेको हो ।
कृत्रिम तालमा माछापालन सुरू गरेका दराई–बोटे समुदायको खोलामा माछा मार्ने पुख्र्यौली पेसा विस्थापित भएको छ । सामुदायिक वनले वनको सेवा क्षेत्रभित्र रहेका ४१ घरधुरीलाई लक्षित गरी २०७५ सालमा दराई बोटे ताल निर्माण गरेको थियो । ४ बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । तालमा दराई–बोटे समुदायकै व्यवस्थापनमा माछापालन गरिएको छ । तालबाट वार्षिक करिब १२ लाख रूपैयाँ आम्दानी हुने गरेको छ ।
खर्च कटाएर बचेको पैसा ४१ घरधुरीलाई दामासाहीमा वितरण गर्ने गरिएको वनका कार्यसमिति सदस्य तथा ताल व्यवस्थापनका अगुवा दुःखीराम दराईले जानकारी दिए । ‘तालबाट एक वर्षमा तीनपटक माछा निकाल्न मिल्छ र एकपटकमा १५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ,’ उनले भने, ‘अहिले हामी सन्तुष्ट अनि खुशी पनि छौं ।’
यहाँबाट आम्दानी हुन थालेपछि दराई–बोटे समुदायका मान्छेहरु खोलामा माछा मार्न जान छाडेको दराईले बताए । उनका अनुसार माछापालनमा मनग्य आम्दानी हुन थालेपछि तालको क्षमता विस्तार गर्दै जाने र उक्त समुदायलाई यसैमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।
माछापालनसँगै ताल पर्यटकका लागि लोभलाग्दो रहेको छ । जिन्दगानी घाट तथा कठारको सिमानानजिक रहेको सो ताल पर्यटक आकर्षणको केन्द्रको रूपमा समेत विकास भएको छ । जिप सफारीमार्फत तालमा पुगेका पर्यटकहरु त्यहाँका रमणीय दृश्य अवलोकन गरेर रमाउने गरेका छन् । तालमा डुङ्गा सयर गर्ने व्यवस्थासमेत गरिएको छ ।
जिप सफारीमार्फत यहाँ पुगेका पर्यटकलाई मनोरञ्जन प्रदान गर्न कफी सप र डुङ्गा सयरको व्यवस्था गरिएको छ । कफी सप र डुङ्गा सयरबाट भएको आम्दानी भने दराई–बोटे समुदायले पाउँदैनन् । कफी सप र डुङ्गा सयरबाट भएको आम्दानी सामुदायिक वनको हुने अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । दराई–बोटे समुदायमा नदीप्रतिको निर्भरता हटाउन निर्माण गरिएको तालबाट आएको उनीहरुकै जीवनस्तर वृद्धिको लागि ताल निर्माण गरिएको हो ।
संरक्षण र पर्यटनलाई सँगसँगै अगाडि बढाएको सो सामुदायिक वनले पर्यापर्यटन सञ्चालनका लागि हात्ती सफारी, जिप सफारी र टावर रात्रिकालीन बसाइँ कार्यक्रम सञ्चालन गरेको छ । हात्ती सफारी, जिप सफारी र टावर रात्रिकालीन बसाइँबापत लिने शुल्क नै वनको मुख्य आम्दानीको स्रोत हो । सो सामुदायिक वनले पर्यापर्यटनबाट भएको आम्दानी संरक्षण, विकास निर्माण र उपभोक्ताको आयआर्जनमा खर्च गर्दै आएको छ । कुल आम्दानीको ६० प्रतिशत संरक्षण र ४० प्रतिशत सामुदायिक विकासमा खर्च गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।
२०४८ सालबाट पर्यापर्यटन सुरू गरेको सो सामुदायिक वनले सोही वर्षदेखि हात्ती सफारी, २०५३ सालबाट टावर नाइट र २०७४ सालदेखि जिप सफारी सुरू गरेको हो । हाल सो वनमा १२ वटा हात्ती, ५६ वटा जिपले सफारी गराउँदै आएका छन् । २०४१ सालमा स्थापना भएको सो सामुदायिक वनको क्षेत्रफल ६९१ हेक्टर रहेको छ । वनका २ हजार १०९ घरधुरी उपभोक्ता रहेका छन् ।
- विमला ढकाल
बर्दिया : वरिपरि सुन्दर सातवटा ताल । भ्यु टावरमा चढेर बाघ, हात्ती, चित्तललगायत जंगली जनावर अवलोकन गर्न पाइने । यो बारबर्दियामा अवस्थित सत्खलुवा ताल क्षेत्रको दृश्य हो।
प्राकृतिक रुपमा सुन्दर भए पनि यस सत्खलुवा तालसम्म पर्यटक पुग्न सकेको छैन। नजिककै यति रमणीय ठाउँ भए पनि यसअघि घुम्ने अवसर नमिलेको राजा...