काठमाडौं : जताततै खाल्डाखुल्डी, कतै माटो र निर्माण सामग्री थुपारिएको, धुलोको कुइरो मण्डल। यो बेहाल दृश्य हो–मिर्चैया–कटारी–घुर्मी सडकखण्डको। सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने यो सडक अहिले मात्रै यो बेहाल अवस्थामा पुगेको भने होइन। १५ वर्ष भयो यो सडक जीर्ण बनेको।यो सडकको लम्बाइ जम्मा ४६ किलोमिटर मात्र छ तर यति दुरी पार गर्न अहिले सवारीसाधनलाई ५ घण्टासम्म लाग्ने गरेको छ। कटारीका रमन दनुवारका अनुसार यात्रुवाहक सवारीसाधन यो सडकखण्ड पार गर्न ३ घण्टा समय लाग्छ भने सामाग्