वर्षाका कारण यी स्थानमा छन् सडक अवरूद्ध

काठमाडौं : अविरल वर्षाको कारण पहिरो जाँदा विभिन्न स्थानका सडक अवरूद्ध भएका छन्।लमजुङको मर्स्याङदी गाउँपालिका-४ अर्खलेस्थित लमजुङ-मनाङ सडकखण्डमा अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। यसैगरी बेसीशहर नगरपालिका-१ उदिपुरस्थित डुम्रे-बेसिशहर सडकखण्ड समेत बिहीबार बिहान पहिरो जाँदा पूर्णरूपमा अवरोध भएको छ।यस्तै, दाङको घोराही उपमहानगरपालिका-१९ च्यानगैरास्थित होलेरी-घोराही सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ। यसैगरी तुलसीपुर उपमहानगरपालिका-१३