टाटा मोटर्सको बजार हिस्सा १३.७ प्रतिशत, पीभी बिक्रीमा रेकर्ड

टाटा मोटर्सले नेपाली बजारमा ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरेको छ। टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३,९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नया उपलब्धि हासिल गरेको छ। कम्पनीको गत वर्षको यसै अवधिमा २३,६०० युनिट्सको तुलनामा इयर अन इयर (वाइओवाइ) ४४ प्रतिशतले वृद्धि भएको हो। यस्तै सेप्टेम्बर २०२१ को तुलनामा २५,७२७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गरेको कम्पनीले जनाएको छ।