बडादशैंको पाँचौ दिन‚ आज स्कन्दमाताको पूजाआजा गरी मनाइँदैछ

काठमाडौं : बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइँदैछ। दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दमाताको हो।नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूजा गरिएकोमा आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिँदै छ।राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ। त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी

सम्बन्धित सामग्री

आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । त्यसै अन्तर्गत शुक्रबार स्कन्दमाताको पूजा आरधना गरिदैछ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण […]