लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे आफ्नो पार्टीले केही नसोचेको बताएका छन् । संसदमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउन आफूहरुसँग आवश्यक संख्या नै नभएकोले त्यतातिर नसोचेको उनले बताए ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले राज्यको तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका पंगु भएको टिप्पणी गरे । उनले भने, ‘आज राज्य कहाँ छ भनेर खोज्नुपर्ने बेला आयो ।&rsqu