काभ्रे बस दुर्घटना : घाइतेका निःशुल्क उपचार गर्न सरकारसँग प्रचण्डको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेको बेथानचोकमा मंगलबार भएको दुर्घटनाका घाइतेका निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले यो खबरले आफू मर्माहत भएको बताएका छन्।‘काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको खबरले मर्माहत ब