कैलालीमा एक सामुदायिक अस्पताल र एक फार्मेसी सिल

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको नेतृत्वमा औषधि व्यवस्था विभागको टोलीले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका एक सामुदायिक अस्पताल र एक फार्मेसीमा सिल गरेको हो।

सम्बन्धित सामग्री

जिल्ला अस्पताल खोटाङ स्तरोन्नति गरिँदै

खोटाङ । १५ शय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरुआत गरिएको छ । २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पतालको पुरानो भवन हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरू गरिएको हो ।       अस्पतालमा सञ्चालित बिरामी भर्ना,सुत्केरी गराउने ठाउँ, शल्यक्रिया र आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर भवन निर्माणको तयारी थालिएको अस्पताल प्रमुख डा. वैभव मल्लिकले बताए । ४० मिटर लम्बाइ र २० दशमलव ५ मिटर चौडाइ हुने चारतले आरसिसी पक्की भवन निर्माणको जिम्मा ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल/फूलबारी जेभीले लिएको छ ।          संघीय सरकारको करीब २१ करोडका लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्ने गरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इञ्जीनियर राजकिशोर साहले जानकारी दिए । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनुअघि नजिकै प्रिफ्यावको अस्थायी भवन निर्माण शुरू गरिएको छ । चारतले पक्की भवनको पहिलो तलामा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया र एक्स–रे कक्ष सहित फार्मेसी, सेक्युरिटी रूमलगायतका संरचना निर्माण गरिने बताइएको छ । दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू र आइसोलेशन कक्ष, क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायत संरचना निर्माण गरिनेछ । जिल्लाको एकमात्र सरकारी अस्पताललाई सुविधायुक्त बनाउन स्तरोन्नतिको काम शुरू गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबि चाम्लिङले बताए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेका समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । पुरानो संरचनाका भवनमा सञ्चालित अस्पतालमा शय्या अभावकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् । स्थापनाकालकै भवन तथा आवास गृहमा सञ्चालित अस्पताल तोकिएको समयसम्म चिकित्सकसमेत बस्दैनन् । अस्पतालमा चिकित्सकका लागि आवश्यक सुविधा तथा बस्ने वातावरण नभएकै कारण उनीहरू तोकिएको अवधिसम्म नबसेको बताइएको छ । दश स्थानीय तह रहेको जिल्लामा दुई प्राथमिक स्वास्थ्य केन्द्र तथा तीन सामुदायिक अस्पताल सञ्चालनमा छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौंलगायतका सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ । रासस