निषेधाज्ञाको पूर्वसन्ध्या स्वास्थ्य मापदण्डलाई चुनौति दिँदै जात्रा, तस्विरमा हेर्नुहोस्

प्रसिद्ध लोकोक्ति छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा । कोरोना महामारीको दोस्रो लहरले देशनै आक्रान्त भएको बेला बुधबार त्यहाँ  गहना खोज्ने जात्रा मनाइएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ ।कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ । बिरामीहरुले अस्पतालमा बेड नपाएर बरन्डामा बसेर उपचार गरिरहेका छन् । अस्पतालका डाक्टरहरुले स्वास्थ्य व्यवस्था नै ‘कोल्याप्स’ हुनसक्