सिरहा गोलबजार नगरपालिका–६ डोहटिया छुरा प्रहारबाट युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार बेलुका गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहालका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए ।उनका अनुसार आरोपीमध्ये दु