राजनीतिक लबिइङ गर्दै जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सम्भावित महाअभियोगबाट बच्न राजनीतिक ‘लबिइङ’ मा लागेका छन् । आफूलाई हटाएर दोस्रो वरीयताका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन न्यायालयभित्र आन्दोलन चलिरहेको व्याख्या गर्दै जबरा आफ्नो सम्पर्कमा रहेका नेताहरूमार्फत राजनीतिक समर्थन जुटाउन सक्रिय बनेका हुन् ।