चावहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमती दिएको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत गौशालाले क्याम्पसका कोअर्डीनेटरलाई काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो । आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षकहरुविरुद्ध ३ जना छात्राले बाल यौन दुव्र्यवहार गरेको